सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

४ जना मृत अवस्थामा फेला

सोमबार, ०९ चैत २०८२, १३ : ३७
सोमबार, ०९ चैत २०८२

सारांश

  • काठमाडौं, सिन्धुपाल्चोक, रूकुम पश्चिम, इलाम र मोरङमा गरी चार जना मृत अवस्थामा फेला परेका छन्।
  • काठमाडौंको तारकेश्वरमा एक वृद्ध, रूकुम पश्चिममा एक बालिका र इलाम तथा मोरङमा एक-एक जना मृत फेला परेका छन्।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्ने, सिन्धुपाल्चोक घर भएका ६० वर्षीय खिका बहादुर अधिकारी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ छिवाङस्थित सानिभेरी नदीमा बाफिकोट गाउँपालिका–३ गरालागोठ बस्ने पूर्ण बहादुर वलीकी १३ वर्षीया छोरी सपना वली पनि आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

इलामको सूर्योदय नगरपालिका–४ सल्लेरीमा बस्ने, पाँचथर घर भएका ३४ वर्षीय मिलन गोले तामाङ सोही स्थानको नालीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका–२ हिमालचोकमा बस्ने ३६ वर्षीय अनिल अधिकारी सोही स्थानको नालामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले सोमबार जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप