विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा
सारांश
- नेपाल विद्यार्थी संघले शैक्षिक संस्थामा हुने अनिश्चितकालीन तालाबन्दी अन्त्य गर्ने घोषणा गरेको छ।
- नेविसंघले शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न सुझावहरू पेश गरेको छ, जसमा छात्रवृत्तिलाई पारदर्शी बनाउने कुरा पनि समावेश छ।
- संघले 'पेड इन्टर्नसिप' कार्यक्रमलाई सरकारी स्वामित्वमा ल्याउनुपर्ने र स्थानीय तहमा डिजिटल साक्षरता कार्यक्रम लागू गर्नुपर्ने माग गरेको छ।
काठमाडौँ । नेपाल विद्यार्थी संघले विश्वविद्यालय र विद्यालयहरूमा हुने अनिश्चितकालीन तालाबन्दीलाई सधैँका लागि अन्त्य गर्ने घोषणा गरेको छ ।
सभापति दुजाङ शेर्पाले नेविसंघको कुनैपनि सदस्यले अब शैक्षिक संस्थामा तालाबन्दी नगर्ने प्रतिवद्धता जनाउँदै यसलाई पूर्ण कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका हुन् । शेर्पाले शिक्षा क्षेत्रको सुधारका लागि ‘मेरो शिक्षा, मेरो प्रश्न’ कार्यक्रम अन्तर्गत विभिन्न समयमा चार जना शिक्षा मन्त्रीहरूलाई रचनात्मक सुझाव बुझाएको बताए । नेविसंघको मुख्य माग ‘सेन्ट्रल स्टुडेन्ट स्कलरसिप पोर्टल’ निर्माण गर्नु रहेको उनले बताए । जसले दूतावासदेखि सरकारसम्मले दिने सबै छात्रवृत्तिलाई पारदर्शी बनाउने बताइएको छ ।
नेविसंघले ‘पेड इन्टर्नसिप’ कार्यक्रमलाई सरकारी तवरबाटै ओनरसिप लिनुपर्ने, ७ सय ५३ वटै पालिकामा ‘स्कुल अफ फ्राइडे’ र ‘डिजिटल तथा फाइनान्सियल लिट्रेसी’ लागू गर्नुपर्ने माग राखेको छ ।
अनुसन्धान र विकासका लागि ‘सिएसआर बोर्ड’ बनाएर अर्बौंको कोष परिचालन गर्न सकिने योजना पनि शेर्पाले अघि सारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण