टोकियोमा दोस्रो चैत्राष्टमी मेला सम्पन्न, गायक खड्कालाई 'बागलुङ रत्न सम्मान'
सारांश
- जापानमा दोस्रो चैत्राष्टमी मेला सम्पन्न भयो, जसमा नेपाली समुदायको बाक्लो उपस्थिति रह्यो।
- मेलामा सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, खेलकुद र नेपाली खानाका परिकारहरू मुख्य आकर्षण थिए।
- लोकदोहोरी गायक सूर्य खड्कालाई 'बागलुङ रत्न सम्मान' प्रदान गरियो, जसले नेपाली लोकदोहोरीमा योगदान पुर्याए।
टोकियो । जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको 'दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६' सम्पन्न भएको छ। बागलुङ समाज जापानको मूल आयोजनामा टोकियोमा दुई दिनसम्म सञ्चालित यो मेलाले धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा विशेष महत्व बोकेको कार्यक्रमको रूपमा आफ्नो पहिचान स्थापित गरेको आयोजकको भनाइ छ ।
परदेशमा रहेर पनि नेपाली मौलिक परम्परा, संस्कृति र पहिचानलाई जोगाउने उद्देश्यले आयोजना गरिएको यस मेलामा उल्लेखनीय संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो। बागलुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई जापानमा प्रवर्द्धन गर्ने, परदेशमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्ने र नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग परिचित गराउने लक्ष्यका साथ मेलाको आयोजना गरिएको हो।
मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, लोकदोहोरी प्रस्तुति, परम्परागत खेलकुद तथा नेपाली खानाका परिकारहरू विशेष आकर्षणका रूपमा रहेका थिए। नेपालबाट आमन्त्रित गरिएका कलाकारहरू र स्थानीय कलाकारहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

मेला स्थलमा निर्माण गरिएको बागलुङ कालिका मन्दिरको प्रतिकृति र बाघको शालिकले दर्शकहरूको विशेष ध्यान खिचेको थियो भने परम्परागत झाँकी र भेषभूषाले नेपालीपनको आभास गराएको थियो।
यसै अवसरमा जापानमा रहेर नेपाली लोकदोहोरी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै लोक तथा दोहोरी गायक सूर्य खड्कालाई 'बागलुङ रत्न सम्मान' प्रदान गरिएको छ। बागलुङको काठेखोला गाउँपालिका–धम्जाका स्थायी बासिन्दा रहेका खड्कालाई मेलाको विशेष समारोहका बीच दोसल्ला ओढाएर सम्मानपत्र र मायाको चिनो प्रदान गरियो। विगत लामो समयदेखि जापानमा बसोबास गर्दै आएका खड्काले नेपाली मौलिक लोकदोहोरी गीतसंगीतको संरक्षण र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
बागलुङ समाज जापानका अनुसार 'बागलुङ रत्न सम्मान' मार्फत जिल्लाबाट विभिन्न क्षेत्रमा पुगेर उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ। मेलाको सफल समापनले जापानमा नेपाली संस्कृति र एकतालाई थप मजबुत बनाएको आयोजकको विश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण