सुनिल थापाको अन्तिम फिल्म 'पहाड'को गीत सार्वजनिक, विपिन कार्कीको र्याप
सोमबार, ०९ चैत २०८२, १६ : ३९
सारांश
- वरिष्ठ निर्देशक तुलसी घिमिरेको चलचित्र 'पहाड' को पहिलो गीत सार्वजनिक भयो।
- चलचित्रमा स्वर्गीय अभिनेता सुनिल थापाको अन्तिम अभिनय रहेको छ।
- गीतमा भारती घिमिरे, साकार आप्टे, अश्मिता अधिकारी र मदनकृष्ण श्रेष्ठको स्वर रहेको छ, जसमा विपिन कार्कीको र्याप पनि छ।
काठमाडौँ । वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘पहाड’ को पहिलो गीत 'मोहनी लगाउने' सार्वजनिक गरिएको छ।
यो चलचित्र दिवंगत अभिनेता सुनिल थापाको अन्तिम अभिनय रहेको चलचित्रका रूपमा दर्ज भएको छ । सार्वजनिक गरिएको गीतमा भारती घिमिरे, साकार आप्टे, अश्मिता अधिकारी र मदनकृष्ण श्रेष्ठको स्वर रहेको छ।
यस गीतको अर्को रोचक पक्ष भनेको अभिनेता विपिन कार्कीको र्याप हो, जसले दर्शकका लागि नयाँ स्वाद पस्किएको छ।
तुलसी घिमिरेको यस बहुप्रतिक्षित चलचित्रमा सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, प्रियंका कार्की, पञ्चमी घिमिरे र अरुण क्षेत्री लगायतका दिग्गज तथा चर्चित कलाकारहरूको अभिनय रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण