पेन्सलभेनियामा महावाणिज्यदूतावासद्वारा घुम्ती शिविर सम्पन्न
काठमाडाैँ । न्युयोर्कस्थित महावाणिज्य दूतावासले आइतबार पेन्सलभेनिया राज्यमा घुम्ती शिविर सम्पन्न गरेको छ । उक्त शिविरबाट सेवाग्राहीले राहदानी नवीकरण, वारेसनामा, एनआरएन कार्ड तथा पर्यटक भिसाका लागि आवेदन दिएका थिए।महा
वाणिज्यदूत दधिराम भण्डारीकाअनुसार न्युयोर्कस्थित महावाणिज्य दूतावासले आफ्नो कार्यक्षेत्र रहेका नौ राज्यमध्ये चार राज्यमा घुम्ती शिविर सञ्चालन गरेको छ । यसबाट करिब एक हजार सेवाग्राहीले सेवा लिएका छन् ।
शिविरसँगै आयोजित अन्तक्र्रियामा सेवाग्राहीहरूले शिविर आयोजना गरेकामा प्रशंसा गरेका थिए । मेरिल्याण्ड राज्यका राज्य सांसद डा. हयारी भण्डारी, महावाणिज्यदूत दधिराम भण्डारी, स्थानीय समाजसेवी विनोद मोक्तान, एभरेष्ट क्रेडिट युनियनका कार्यकारी निर्देशक सुमन तिम्सिना, एनआरएन एनसिसीका उपाध्यक्ष दीपक सापकोटालगायतले अन्तरक्रियामा आफ्ना धारणा राखेका थिए । सो अन्तरक्रिया एनआरएन, ग्लोबल तेक्वान्दो एकेडेमी तथा स्थानीय सङ्घसंस्थाको समन्वयमा सम्पन्न भएको थियो।
पछिल्ला वर्षहरुमा डिसीस्थित दूतावास तथा टेक्सास, क्यालिफोर्निया र न्युयोर्कमा रहेका महावाणिज्य दूतावासले सञ्चालन गर्दै आएका यस्ता शिविरहरूले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण