हङकङमा प्रहरीले माग्न सक्छ फोनको पासवर्ड, नदिए जेल सजाय हुने
सारांश
- हङकङमा राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत नयाँ नियम लागू भएको छ, जसले प्रहरीलाई संदिग्ध व्यक्तिको पासवर्ड माग्ने अधिकार दिन्छ।
- नियम नमान्नेलाई जरिवाना र कैद सजायको व्यवस्था छ, भने गलत जानकारी दिनेलाई तीन वर्षसम्म जेल सजाय हुनेछ।
- हङकङका प्रमुख कार्यकारीले विधान परिषद्लाई छलेर यो संशोधन घोषणा गरेका हुन्, जसले भन्सारलाई पनि अधिकार दिन्छ।
काठमाडौँ । हङकङ प्रशासनले राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत नयाँ नियम लागू गरेको छ । जसअनुसार प्रहरीलाई संदिग्ध व्यक्तिहरूको फोन वा कम्प्युटरको पासवर्ड माग्न पाउने अधिकार दिइएको छ ।
सोमबार राजपत्रमा प्रकाशित नयाँ संशोधन अनुसार, राष्ट्रिय सुरक्षा उल्लङ्घन गरेको आशङ्का गरिएका व्यक्तिहरूले अब अनिवार्य रूपमा आफ्ना डिजिटल उपकरणको पहुँच प्रहरीलाई दिनुपर्नेछ ।
नयाँ नियम पालना नगर्ने वा पासवर्ड दिन अस्वीकार गर्ने व्यक्तिलाई एक वर्षसम्मको कैद र १ लाख हङकङ डलरसम्म जरिवाना हुन सक्ने प्रावधान राखिएको छ। त्यसैगरी, अनुसन्धानका क्रममा गलत वा भ्रामक जानकारी दिने व्यक्तिलाई तीन वर्षसम्मको जेल सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।
हङकङका प्रमुख कार्यकारी जोन लीले नगरको विधान परिषद्लाई छलेर सिधै यो संशोधन घोषणा गरेको बीबीसीको समाचारमा उल्लेख छ । यस नियमले भन्सार अधिकारीहरूलाई पनि थप शक्ति प्रदान गरेको छ ।
जसअन्तर्गत उनीहरूले राजद्रोहको नियत देखिएका कुनै पनि सामग्री जफत गर्न सक्नेछन्। हङकङका अधिकारीहरूले राष्ट्रिय सुरक्षामा खतरा पुर्याउने गतिविधिलाई प्रभावकारी रूपमा रोक्न र सजाय दिन यो कदम चालिएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण