यस्ता छन् कांग्रेस केन्द्रीय समिति बैठकका एजेन्डा
मङ्गलबार, १० चैत २०८२, १२ : ५६
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा सुरु हुँदैछ।
- बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गरिनेछ।
- पार्टीले १५औँ महाधिवेशनको तयारी र अन्य एजेन्डामा छलफल गर्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अहिले केहीबेरमा सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकले संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । साथै १५ औँ महाधिवेशन तयारीबारे पनि बैठकमा छलफल हुने उनले बताए ।
उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण