अमेरिकाले पठायो इरानलाई वार्ताका एजेन्डा
सारांश
- अमेरिका र इरानबीचको बढ्दो तनाव कम गर्न कूटनीतिक वार्ताको सम्भावना देखिएको छ।
- अमेरिकाले छलफलका लागि इरानलाई केही एजेन्डाहरू पठाएको छ, जसको इरानले समीक्षा गरिरहेको छ।
- यसअघि ट्रम्पले युद्ध अन्त्यबारे कुराकानी भएको दाबी गरे पनि इरानले अस्वीकार गरेको थियो।
काठमाडौँ । अमेरिका र इरानबिच बढ्दो तनावका बीच कूटनीतिक वार्ताको नयाँ सम्भावना देखिएको समाचार प्रकाशमा आएको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजको रिपोर्ट अनुसार मध्यस्थकर्ताहरू मार्फत अमेरिकाले छलफलका लागि इरानललाई केही मुद्दा (एजेन्डा) हरूको सूची पठाएको छ ।
इरानी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार इरानले अहिले ती प्राप्त एजेन्डाहरूको समीक्षा गरिरहेको छ। यद्यपि, यो कदम वार्ताको एउटा सम्भावित प्रारम्भिक खुड्किलो मात्र भएको र हालसम्म कुनै पनि औपचारिक वार्ता पक्का भइनसकेको रिपोर्टमा उल्लेख छ।
यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने विषयमा कुराकानी भएको दाबी गरेका थिए। तर, इरानले भने ट्रम्पको उक्त दाबीलाई तत्कालै खण्डन गर्दै कुनै पनि वार्ता नभएको बताएको थियो।
यी विरोधाभासी रिपोर्टहरूका बीच नयाँ एजेन्डा प्राप्त हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण