बैकिङ कसुरको सात वटा मुद्दामा फरार महिला पक्राउ
सारांश
- प्रहरीले बैंकिङ कसुरमा फरार एक महिलालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा दोलखाकी ३७ वर्षीया राधिका बस्नेत छिन्, उनी काठमाडौँबाट पक्राउ परेकी हुन्।
- उनीमाथि बैंकिङ कसुरका ७ र वैदेशिक रोजगारसम्बन्धी २ वटा मुद्दा रहेको र ८० लाख बढी बिगो देखिएको छ।
काठमाडौँ । बैकिङ कसुरको सात वटा मुद्दामा फरार एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर–३ घर भएर काठमाडौँ बस्ने ३७ वर्षीया राधिका बस्नेत छिन् ।
चैत ८ मा उनलाई काठमाडौँ महानगरपालिका–६ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए ।
उनी विरुद्ध प्रहरी कार्यालयहरूमा बैंकिङ कसुरको सात वटा र वैदेशिक रोजगार सम्बन्धी दुई वटा कसुरको जाहेरी दर्ता भएको भेटिएको छ । ९ वटा मुद्दामा ८० लाख १५ हजार बिगो रकम देखिएको एसपी भट्टले बताए ।
उनलाई थप अनुसन्धानको लागी उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ । उनी विरुद्ध काठमाडौँ परिसरमा २ वटा बैकिङ कसुर, प्रहरी वृत्त बौद्धमा ३ वटा, गौशाला र सिंहदरबारमा एक–एक वटा बैकिङ कसुरको जाहेरी दर्ता भएको भेटिएको छ ।
वैदेशिक रोजगार विभागमा दर्ता भएको दुई वटा मुद्दामा पनि उनी फरार थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण