कांग्रेस नेतृ सोनिया गान्धी अस्पताल भर्ना
मङ्गलबार, १० चैत २०८२, २३ : ३८
सारांश
- भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीलाई स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना गरिएको छ।
- उनलाई श्वासप्रश्वासमा समस्या र ब्रोन्कियल दम बढेपछि अस्पताल लगिएको हो।
- सोनिया गान्धीलाई भेट्न छोरा राहुल र छोरी प्रियंका अस्पताल पुगेका छन्।
नयाँ दिल्ली । भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनलाई मंगलबार साँझ नयाँ दिल्लीस्थित सर गंगाराम अस्पतालमा भर्ना गरिएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, गान्धीलाई श्वासप्रश्वासमा असहजता र पहिलेदेखि नै रहेको ब्रोन्कियल दम (अस्थमा) को समस्या बढेपछि अस्पताल लगिएको हो ।
उनलाई अस्पताल भर्ना गरिएपछि छोरा राहुल गान्धी र छोरी प्रियंका गान्धी पनि साथमै अस्पताल पुगेका छन् । अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी भने सार्वजनिक गरिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण