राप्रपा नेता परियारद्वारा पार्टी परित्याग
सारांश
- राप्रपा नेता ऋषिबाबु परियारले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिए।
- उनले पार्टीभित्रको राजनीतिक र वैचारिक विचलन तथा दलित समुदायप्रतिको नीतिको आलोचना गरे।
- परियारले पार्टीले राजसंस्थाको एजेन्डालाई व्यवहारमा लागू नगरेको आरोप लगाए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता ऋषिबाबु परियारले पार्टीको साधारण सदस्य समेत नरहने गरी सबै पदबाट राजीनामा दिएका छन्। पार्टीभित्र पछिल्लो समय देखिएको राजनीतिक र वैचारिक विचलन तथा दलित समुदायप्रति पार्टीले अपनाएको नीतिको कडा आलोचना गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।
परियार राप्रपाको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समितिका सदस्य र केन्द्रीय निर्देशन समितिका सदस्यका रूपमा कार्यरत थिए। साथै उनले उत्पीडित दलित संगठनको केन्द्रीय वरिष्ठ नेताको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए।
पार्टीले राजाको एजेन्डा लिए पनि व्यवहारमा पालन नगरेको, दलित समुदायका समस्याप्रति संवेदनशील नभएको, समानुपातिकतर्फका ४ सिटमध्ये १ जना खसआर्य र १ जना दलित मिलाउन सकिने अवस्था हुँदाहुँदै दुवै सिटमा खसआर्यलाई नै चयन गरेर दलित समुदायलाई पाखा लगाएको उनको आरोप छ ।
पार्टीभित्र राजनीतिक र वैचारिक स्पष्टताको अभाव रहेको उनको तर्क छ। राजसंस्थालाई केवल राजनीतिक स्वार्थको भर्याङ मात्र बनाइएको र राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई कमजोर बनाउने काम भएको उनले उल्लेख गरेका छन्। पार्टीभित्र सच्चा देशभक्त नेता र कार्यकर्ताहरूमाथि पक्षपातपूर्ण व्यवहार गरिएको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण