मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सार्वजनिक सवारीमा ११.३३ प्रतिशतसम्म भाडा बढाउन सिफारिस

बुधबार, ११ चैत २०८२, १६ : ३८
बुधबार, ११ चैत २०८२

सारांश

  • यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई सिफारिस गरेको छ।
  • विभागले डिजेल र पेट्रोलको मूल्य बढेपछि वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार भाडा बढाउन प्रस्ताव गरेको हो।
  • यातायात व्यवसायीहरूले २०७२ साल यता भाडा समायोजन नभएको भन्दै तत्काल कार्यान्वयनको माग गरेका छन्।

काठमाडौँ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार भाडा बढाउन प्रस्ताव गरेको हो ।

नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुनेगरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेपछि विभागले नयाँ भाडादरको प्रस्ताव तयार पारेको हो ।

विभागले २०६५ सालदेखि लागू गरिएको १३ वटा सूचकसहितको ‘वैज्ञानिक भाडा समायोजन विधि’ लाई आधार बनाएर यो सिफारिस गरेको जनाएको छ ।

कति बढ्दैछ भाडा ?

विभागको सिफारिस अनुसार विभिन्न क्षेत्रमा निम्न बमोजिम भाडा वृद्धिको प्रस्ताव गरिएको छ-

सार्वजनिक यात्रुवाहक सवारी साधन : ११.३३ प्रतिशत

पहाडी बाटोमा चल्ने मालवाहक सवारी : १४.२९ प्रतिशत

तराईको बाटोमा चल्ने मालवाहक सवारी :  ८.८१ प्रतिशत

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विभागले चैत ५ गते नै मन्त्रालयमा भाडा समायोजनको फाइल पठाइसकेको छ । वि.सं. २०७२ सालयता १३ वटा सूचकका आधारमा पूर्ण रूपमा भाडा समायोजन नभएको भन्दै व्यवसायीहरूले तत्काल यो सिफारिस कार्यान्वयन गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप