कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा चन्द नियुक्त
बिहीबार, १२ चैत २०८२, ०९ : १७
सारांश
- कर्णाली प्रदेश सरकारले खेलकुद विकास परिषद्का पदाधिकारी र सदस्य पदहरूमा नियुक्ति गरेको छ।
- बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिवमा रवीन्द्र चन्द र उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त गर्यो।
- पंखबहादुर मल्ल, भीमकुमारी भुसाल, गोर्खबहादुर शाही, पवनकुमार थापा र किरणकिशोर सापकोटा सदस्यमा नियुक्त भएका छन्।
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त पदाधिकारी तथा सदस्य पदहरूमा नियुक्ति गरेको छ।
बिहीबार बिहान ८ बजे बसेको मन्त्रिपरिषद्को बैठकले परिषद्को रिक्त रहेको सदस्य सचिव पदमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ७, सुर्खेतका रवीन्द्र चन्दलाई नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी, परिषद्को उपाध्यक्ष पदमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ५, सुर्खेतका प्रमोद हमाललाई नियुक्त गरिएको छ।
बैठकले परिषद्को सदस्यहरुमा पंखबहादुर मल्ल, भीमकुमारी भुसाल, गोर्खबहादुर शाही, पवनकुमार थापा र किरणकिशोर सापकोटालाई नियुक्त गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण