नवनिर्वाचित सांसदलाई पार्टी कार्यालयमा बाेलाए ओलीले
बिहीबार, १२ चैत २०८२, १५ : ११
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित सांसदहरूलाई पार्टी कार्यालयमा बोलाएका छन्।
- सिंहदरबारमा सांसदहरूको शपथ लगत्तै दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ।
- नयाँ अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल र सुझावका लागि बोलाइएको हो।
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित सांसदहरूलाई पार्टी कार्यालयमा बोलाएका छन् । सिंहदरबारमा सांसदहरूको शपथ लगत्तै दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सांसदहरूलाई बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।
‘अध्यक्षले सबै सांसदलाई पार्टी कार्यालयमा बोलाउनुभएको हो । नयाँ अवस्थामा कसरी अघि बढ्ने भन्ने सल्लाह र सुझाव दिने हुनसक्छ’, सचिव अधिकारीले भने, ‘ठ्याक्कै यसैका लागि भन्ने चाँहि छैन । प्रतिनिधिसभामा एमालेका २५ सांसद निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण