अपडेट
दलको नेता बनेपछि सभापति रविले दिए बालेनलाई बधाई
बिहीबार, १२ चैत २०८२, १७ : २९
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन शाहलाई बधाई दिएका छन्।
- पार्टीको बैठकले बालेनलाई सर्वसम्मत दलको नेता चयन गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।
- बालेन शाहले शुक्रबार १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिनेछन् र पदभार ग्रहण गर्नेछन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रबार प्रधानमन्त्रीको शपथ लिन लागेका वरिष्ठ नेता बालेन शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।
केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई सर्वसम्मत दलको नेता चयन गर्ने प्रस्ताव अनुमोदन गरेपछि रविले बधाई तथा शुभकामना दिएका हुन् ।
‘संसदीय दलको तर्फबाट उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु’, बैठक समापन गर्दै उनले भने । बालेनले शुक्रबार १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । भोलि नै दिउँसो २ः१५ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पदभार ग्रहण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण