१० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि तेलको मूल्य घट्यो
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि आक्रमणको समयसीमा १० दिन पछाडि सारेका छन्, जसले तेलको मूल्य घटायो।
- अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ, तर बजारमा अनिश्चितता कायमै छ।
- ब्रेन्ट क्रुड र डब्ल्यूटीआईको मूल्य घटेको छ, तर युद्ध सुरु भएयता तेलको मूल्य उच्च छ।
न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधारमाथि सम्भावित अमेरिकी आक्रमणको समयसीमा १० दिन पछाडि सार्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।
शुक्रबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्यमा गिरावट देखिएको हो । द्वन्द्व अपेक्षाभन्दा लामो समयसम्म लम्बिने चिन्ता बढिरहँदा अघिल्लो दिन बढेको मूल्यलाई आंशिक रूपमा मात्र सम्हाल्दै बजारमा अनिश्चितता कायमै रहेको देखिएको छ ।
शुक्रबार ०२ः ३० जीएमटीमा लन्डनस्थित आईसी एक्सचेञ्जमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ १ दशमलव ५ प्रतिशतले घटेर प्रतिव्यारेल ९३ डलर शून्य ७ सेन्टमा झरेको छ ।
त्यस्तै, तेलको अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) १ दशमलव ८ प्रतिशतले घटेर १०६ डलर १२ डलर प्रति व्यारेलमा कारोबार भएको छ । दीर्घकालीन रूपमा हेर्दा मूल्य अझै उच्च अवस्थामा छ ।
इरानसँगको युद्ध सुरु भएयता ब्रेन्ट कच्चा तेलको मूल्य झन्डै ५० प्रतिशतले बढेको छ भने डब्ल्यूटीआई पनि करिब ४० प्रतिशतले उकालो लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण