सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा

शुक्रबार, १३ चैत २०८२, १६ : १०
शुक्रबार, १३ चैत २०८२

सारांश

  • महान्यायाधिवक्ता सबिता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाइन्।
  • भण्डारीलाई अघिल्लो सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्।
  • नयाँ प्रधानमन्त्री आएपछि र आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री बाहिरिएपछि उनले राजीनामा दिएकी हुन्।

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा बुझाएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भण्डारीले केहीबेर अघि राजीनामा बुझाएकी हुन् । 

भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।  नवनियुक्त प्रधानमन्त्री शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति र शपथ लिएका थिए ।

नयाँ प्रधानमन्त्री आएको र आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएपछि भण्डारीले पदबाट राजीनामा दिएकी हुन् । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप