खराब मौसमका कारण मुस्ताङ हेलिकप्टर दोलखामा अवतरण, चालकदलसहित ६ जना नै सुरक्षित
सारांश
- मुस्ताङ हेलिकोप्टर प्रालिको हेलिकप्टर खराब मौसमका कारण दोलखामा सुरक्षित अवतरण गरेको पुष्टि भएको छ।
- हेलिकोप्टर लाप्चाबाट चरिकोटका लागि उडेको थियो र केही समयपछि सम्पर्कविहीन भएको थियो।
- सम्पर्क विच्छेद भएपछि सुरक्षाकर्मीको टोली परिचालन गरी हेलिकप्टर दोलखाको विगु गाउँपालिकामा फेला पारेको हो।
काठमाडौं । मुस्ताङ हेलिकोप्टर प्रालिको हेलिकोप्टर खराब मौसमका कारण दोलखामा सुरक्षित अवतरण गरेको पुष्टि भएको छ । शुक्रबार दिउँसो लाप्चाबाट चरिकोटका लागि उडेको सो हेलिकोप्टर केही समय सञ्चार सम्पर्कविहीन भएपछि खोजी गर्दा दोलखाको विगु गाउँपालिकामा फेला परेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९एन-एएनओ कलसाइन भएको उक्त हेलिकोप्टर दिउँसो १२:१७ बजे लाप्चाबाट उडेको थियो । भौगोलिक विकटता र मौसममा आएको खराबीका कारण उडान भरेको केही समयमै उड्डयन सञ्चार प्रणालीसँग यसको सम्पर्क विच्छेद भएको थियो ।
हेलिकोप्टर सम्पर्कविहीन भएलगत्तै खोजीका लागि स्थानीय तह, नेपाल प्रहरी र नेपाली सेनाको पैदल टोलीका साथै नेपाली सेनाको हेलिकोप्टर समेत परिचालन गरिएको थियो ।
खोजी कार्यका क्रममा बेलुका ५ बजे उक्त हेलिकोप्टर दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं. १ स्थित लाप्चे गुम्बा नजिकै फेला परेको हो । खराब मौसमका कारण हेलिकोप्टरलाई पाइलटले सुरक्षित रूपमा अवतरण गराएको पाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार हेलिकोप्टरमा सवार १ जना चालक दलका सदस्य र ५ जना यात्रु गरी कुल ६ जना नै सुरक्षित रहेका छन् ।
प्राधिकरणले खोज तथा उद्धार कार्यमा सक्रियताका साथ संलग्न नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन तथा अन्य सम्बन्धित निकाय र व्यक्तिहरूलाई विज्ञप्तिमा्फत धन्यवाद ज्ञापन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण