पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
सारांश
- पूर्व गृहमन्त्री रमेश लेकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।
- जेनजी प्रदर्शनको बेला किशोरको मृत्यु भएपछि लेकले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
- गौरीबहादुर कार्की आयोगले लेक र ओलीमाथि फौजदारी अनुसन्धानको सिफारिस गरेको थियो।
काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५:४० मा पक्राउ गरेको हो । उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
भदौ २३ गते भएको जेनजी प्रदर्शनका बेला लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए । सो दिन काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएपछि उनले त्यही साँझ पदबाट राजीनामा दिएका थिए ।
भदौ २३ र २४ मा भएको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसपछि गृहमन्त्री सुधन गुरुङ ले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्ने विषयमा छलफल गरेका थिए ।
यस क्रममा शनिबार बिहान भक्तपुर सूर्यविनायक नगरपालिका–५, कटुञ्जे मनोरम टोलस्थित निवासबाट उनलाई नियन्त्रणमा लिई काठमाडौँ ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण