ओली-लेखक पक्राउपछि योगेशले भने– 'जनादेशको दुरुपयोग नहोस्'
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रामक नभई संयम हुनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोमा असन्तुष्टि जनाउँदै उनले भने–'प्रतिशोध र बदला होइन संवाद र सहकार्यको बाटोमा जानु पर्दछ । '
भट्टराईले थप भनेका छन्– 'कानुनी राज्य र विधिको शासनको उपहास मान्य छैन । घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनु पर्दछ । हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु । अविलम्ब रिहाईको माग गर्दछु । '
उनले जनताबाटप्राप्त जनादेशको दुरुपयोग नहोस् भन्नेतर्फ सरकारको ध्यानाकर्षण समेत गराएका छन् । पार्टीले संयम र धैर्यताकासाथ एकताबद्ध भएर प्रतिकुल परिस्थितिको सामना गर्ने पनि उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण