पल र अञ्जनाको ‘यानीमाया’ जेठबाट फ्लोरमा
शनिबार, १४ चैत २०८२, १२ : ४२
सारांश
- पल शाह र नव नायिका अञ्जना मगरको मुख्य भूमिका रहने फिल्म 'यानीमायाः रिदम अफ लभ' को छायांकन जेठ १ गतेबाट सुरु हुनेछ।
- ओम प्रतिकको निर्देशन रहने फिल्ममा पल शाह र चन्द्र ज्योति आलेको लगानी रहनेछ।
- फिल्म 'यानीमाया' प्रेम कथामा आधारित हुने बताइएको छ।
काठमाडौँ । पल शाह फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘यानीमायाः रिदम अफ लभ’ को छायाङ्कन जेठको १ गतेबाट सुरु हुने भएको छ । निर्माण युनिटले छायाङ्कन अगाडि फिल्मको फस्ट लुक सार्वजनिक गर्दै छायाङ्कनबारे जानकारी दिएको हो ।
फस्ट लुक्समा पल शाह र नवनायिका अञ्जना मगर देखिएका छन् । मगर यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।
फिल्मलाई ओम प्रतिकले निर्देशन गर्दैछन् । ओमले यसअघि फिल्म ‘मोहर’ लाई निर्देशन गरेका थिए । फिल्ममा पल शाह र चन्द्र ज्योति आलेको लगानी रहनेछ । ‘यानीमाया’ लाई ‘प्रेमको धुन’ भनिएको छ । यसैले पनि यो फिल्म प्रेमको कथामा निर्माण हुन लागेको बुझ्न सकिन्छ ।
निर्माण पक्षले अन्य जानकारी विभिन्न चरणमा दिँदै जाने बताएको छ । यो वर्ष पलका ‘मोहर’ र ‘आबाट आमा’ रिलिज भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण