१५ वर्ष पुगे वैभव सूर्यवंशी : अब अन्तर्राष्ट्रिय क्रिकेट खेल्न बाटो खुला
सारांश
- वैभव सूर्यवंशी १५ वर्ष पूरा गरी भारतीय सिनियर टोलीबाट खेल्न योग्य भएका छन्।
- उनले आईपीएलमा अर्धशतक र टी-२० क्रिकेटमा कान्छो शतक बनाएर कीर्तिमान कायम गरेका छन्।
- सूर्यवंशीले घरेलु क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै तीनवटा टी-२० शतक प्रहार गरेका छन्।
नयाँ दिल्ली । भारतीय क्रिकेटका उदाउँदा तारा वैभव सूर्यवंशी आज १५ वर्षमा प्रवेश गरेका छन्। आईपीएल २०२६ सुरु हुनु ठिक एक दिनअघि परेको उनको यो जन्मदिनसँगै अब उनलाई भारतीय सिनियर टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने कानुनी बाटो खुलेको हो ।
आईसीसीको नियमानुसार कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय खेल खेल्न कम्तीमा १५ वर्ष पूरा गरेको हुनुपर्छ। आईसीसीले नोभेम्बर २०२० मा लागू गरेको 'प्लेयर एलिजिबिलिटी रेगुलेसन' को धारा ४.१ अनुसार युवा खेलाडीको शारीरिक र मानसिक सुरक्षाका लागि १५ वर्षको उमेर हद तोकेको थियो।
यसअघि आईपीएलमा तहल्का मच्चाए पनि उमेरकै कारण उनी राष्ट्रिय टोलीको छनोट प्रक्रियामा पर्न सकेका थिएनन्। अब वैभवले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो देशको प्रतिनिधित्व गर्न सबै योग्यता पूरा गरेका छन्।
वैभवले मात्र १४ वर्ष ३२ दिनको उमेरमा आईपीएलमा अर्धशतक प्रहार गरेर सबैभन्दा कम उमेरमा यो सफलता पाउने खेलाडीको कीर्तिमान बनाइसकेका छन्। यसअघि यो रेकर्ड रियान परागको नाममा थियो। त्यति मात्र होइन, उनले राजस्थान रोयल्सका लागि गुजरात टाइटन्सविरुद्ध मात्र ३५ बलमा शतक प्रहार गरेर टी-२० क्रिकेटकै कान्छो शतकधारी बन्ने गौरव समेत प्राप्त गरेका छन्।
१० दिनअघि मात्रै सैयद मुश्ताक अली ट्रफीमा महाराष्ट्रविरुद्ध ६१ बलमा अविजित १०८ रन बनाएर उनले घरेलु क्रिकेटमा पनि आफ्नो धाक जमाएका थिए। १४ वर्षकै उमेरमा तीनवटा टी-२० शतक प्रहार गर्ने उनी विश्वकै एक्लो खेलाडी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण