सरकारको कदमप्रति नेकपाको ध्यानाकर्षण, बालेनलाई बधाई
सारांश
- नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाह र मन्त्रिपरिषद्लाई बधाई दिएको छ।
- पार्टीले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णयप्रति ध्यानाकर्षण जनाएको छ।
- कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको कदमप्रति पार्टीले प्रश्न उठाएको छ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह र उनको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बहुमत प्राप्त गरी प्रधानमन्त्रीमा नियुक्त भएका शाहलाई पार्टीले शुभकामना दिएको हो। शनिबार केन्द्रीय कार्यालय कोटेश्वरबाट जारी प्रेस विज्ञप्तिमा पार्टीले नयाँ सरकारको सफल कार्यकालको कामना गरेको छ।
बधाई ज्ञापनसँगै सो पार्टीले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट भएको एउटा निर्णयप्रति भने गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा सरकारले चालेको कदमप्रति पार्टीले प्रश्न उठाएको हो।
केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ।’ सरकारले चाल्ने कदमहरू न्यायपूर्ण हुनुपर्ने र त्यसले राजनीतिक प्रतिशोधको रुप लिन नहुनेमा पार्टीले सचेत गराएको छ।
सरकारको शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले कार्की आयोगले दिएको सुझाव अनुसार राजनीतिक नेतृत्वहरूलाई कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । सो निर्णयलगत्तै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता तथा तत्कालिन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
उनीहरू पक्राउ परेसँगै एमालेले देशव्यापी विरोध कार्यक्रम सुरु गरेको छ । नेकपाले भने सो सन्दर्भमा कसैको नाम नलिइ ध्यानाकर्षण भएको जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण