बालेन सरकारले समृद्ध नेपाल निर्माणमा साझेदार बनाउने एनआरएनएको विश्वास
सारांश
- एनआरएनएले प्रधानमन्त्री बालेन शाहलाई बधाई दिँदै नयाँ सरकारसँग सहकार्यको इच्छा व्यक्त गरेको छ।
- एनआरएनए अध्यक्ष डा. हेम राज शर्माले बालेनको नेतृत्वमा सुशासन र विकासको अपेक्षा राखेका छन्, र लगानीको आह्वान गरेका छन्।
- एनआरएनएका नेताहरूले बालेन सरकारले गैरआवासीय नेपालीका मुद्दा सम्बोधन गर्ने र देश निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएसँगै विश्वभर छरिएर रहेका नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बधाईसहित नयाँ सरकारसँग रचनात्मक सहकार्य गर्न चाहेको बताएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेम राज शर्माले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको सफल, प्रभावकारी र ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष शर्माले शाहको नेतृत्वमा मुलुकले सुशासन र भ्रष्टाचारमुक्त पारदर्शिताको बाटो समात्ने विश्वास व्यक्त गर्दै विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपालको विकास प्रक्रियामा दरिलो र विश्वसनीय साझेदारका रूपमा उपयोग गर्न सरकारसँग आह्वान गरेका छन्। साथै उनले बालेन सरकारले समृद्ध नेपाल निर्माणमा एनआरएनएलाई साझेदार बनाउने विश्वास समेत व्यक्त गरेका छन् ।
नयाँ नेतृत्वले विगतका परम्परागत अभ्यासहरूलाई तोड्दै जनताको भरोसा पुनः स्थापित गर्नेमा एनआरएनए विश्वस्त रहेको डा. शर्माको भनाइ छ ।

संघका वरिष्ठ उपाध्यक्ष रोविन शेरचनले पनि प्रधानमन्त्री शाहको नेतृत्वमा मुलुक समृद्धि र विकासतर्फ अग्रसर हुने अपेक्षा राखेका छन् ।
शेरचनले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै नयाँ सरकारले गैरआवासीय नेपालीहरूका नागरिकता सम्बन्धी पुराना मागहरूलाई सम्बोधन गर्ने र राष्ट्र निर्माणमा संयुक्त प्रयास अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।
उता, एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माले बालेन शाहको ऊर्जाशील नेतृत्वप्रति स्वदेश तथा विदेशमा रहेका आम नेपालीको ठूलो आशा र भरोसा रहेको उल्लेख गरेका छन् । २१औँ शताब्दी सुहाउँदो सुशासन, प्रविधि र आर्थिक रूपान्तरणको दिशामा अब देशले परिणाममुखी फड्को मार्ने विश्वास व्यक्त गर्दै शर्माले विदेशमा रहेका लाखौँ नेपालीलाई ‘समृद्ध नेपालको रणनीतिक साझेदार’ बनाउने नीतिगत पहल आगामी सरकारबाट हुने अपेक्षा गरेका छन् ।

स्वदेशमै दिगो रोजगारी सिर्जना र आर्थिक क्रान्तिको महाअभियानमा काँधमा काँध मिलाएर हिँड्न विश्वभरका नेपालीहरू तत्पर रहेको उनको भनाइ छ ।
यसैबिच शुक्रबार सम्पन्न बालेनको शपथ समारोहमा एनआरएनएका नेताहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, विनोद कुँवर, आरके शर्मालगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण