अपडेट
कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
आइतबार, १५ चैत २०८२, ०८ : ३७
सारांश
- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन्।
- खड्कालाई सीआइबीले महाराजगन्जबाट पक्राउ गरेको हो।
- उनलाई स्काउटको जग्गा हिनामिना र जेनजी आन्दोलनमा घरमा आगजनी हुँदा विदेशी मुद्रा फेला परेको आरोप लागेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीका एआइजी मनोज केसीले बताए ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको हो ।
जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो । उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण