आन्दोलनमा घरबाट बरामद रकमबारे अनुसन्धान गर्न पूर्वमन्त्री खड्का पक्राउ : गृहमन्त्री गुरुङ
आइतबार, १५ चैत २०८२, १० : ४५
सारांश
- पूर्व उर्जामन्त्री दीपक खड्कालाई जेनजी आन्दोलनको बेला घरबाट बरामद रकमबारे अनुसन्धानका लागि नियन्त्रणमा लिइयो।
- सामाजिक सञ्जालमा पक्राउ पुर्जी सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले जानकारी दिए।
- जेनजी प्रदर्शनका क्रममा खड्काको घरमा आगजनी भएको थियो, र रकम सम्पत्ति शुद्धीकरण विभागले सङ्कलन गरेको थियो।
काठमाडौँ । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई जेनजी आन्दोलन हुँदा उनको घरबाट बरामद रकमबारे अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।
सामाजिक सञ्जालमा खड्कालाई दिएको जरुरी पक्राउ पुर्जी सार्वजनिक गर्दै गुरुङले भनेका छन्, ‘गत भदौ २४ गते आन्दोलनको क्रममा निजको निवासबाट बरामद रकमको अनुसन्धानको सिलसिलामा आज नियन्त्रणमा लिइएको छ ।’
जेनजी प्रदर्शन हुँदा आन्दोलनकारीले उनको घरमा आगजनी गरेका थिए । आगजनी हुँदा जलेको रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सङ्कलन गरेको थियो । उनलाई आइतबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण