लेखकलाई प्रहरीले अदालतमा उपस्थित गरायो, ओलीलाई अझै लगिएन
सारांश
- पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले अदालतमा पेश गरेको छ।
- न्यायाधीशले अर्का आरोपित केपी शर्मा ओलीलाई पनि अदालतमा उपस्थित गराउन भनेका छन्।
- ओली र लेखकमाथि जेनजी आन्दोलनकारीमाथि दमन गरेको आरोप लागेको छ, जसमा १० वर्षसम्म कैदको सिफारिस छ।
काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै आइतबार बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो ।
अहिलेसम्म पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने अदालतमा लगिएको छैन । दुबैको म्याद थपबारेको सुनुवाइ न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा हुने बताइएको छ । तर, लेखकलाई मात्रै इजलासमा पेस भएपछि न्यायाधीशले अर्का आरोपितलाई पनि अदालतमा उपस्थित गराउन भनेको बताइएको छ ।
अहिले उपचारका लागि भनेर त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई प्रहरीले त्यहीबाट अदालत लैजाने तयारी गरेको छ । ओली र लेखक भदौ २३ र २४ मा जेनजी आन्दोलनकारीलाई दमन गरेको आरोपमा फौजदारी कसुरमा पक्राउ परेका हुन् । सो घटनाबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकलाई १० वर्षसम्मको कैदको सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण