जाँचबुझ आयोगको प्रतिवेदन पठाइयो काठमाडौँ प्रहरी परिसर
सारांश
- उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीमा पठाइएको छ।
- पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरिएको छ।
- जेनजी प्रदर्शनमा ७६ जनाको मृत्यु भएको थियो, जसको जाँचबुझ आयोगले बिटिएस विश्लेषण गरेको छ।
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गरेर उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीमा पठाइएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन प्रहरीमा पठाइएको हो । प्रतिवेदन कार्यान्वयनको लागी आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । दुवै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । केन्द्रीय सुरक्षा समितिका सबै पदाधिकारीलाई फौजदारी मुद्दा चलाउन सिफारिस गरे पनि मन्त्रिपरिषद्ले सुरक्षा निकायका अधिकारीहरूको हकमा छुट्टै समिति गठन गरेर अध्ययन गर्ने निर्णय गरेको छ ।
भदौ २३ मा प्रहरीको गोली लागेर किशोरहरूले ज्यान गुमाएका थिए । जेनजी प्रदर्शनमा ७६ जनाको मृत्यु भएको थियो । आयोगले भदौ २४ मा प्रदर्शन स्थलमा उपस्थित भएका मानिसहरूको १ लाख ७४ हजार ४२० वटा मोबाइलको विटिएस विश्लेषण गरेको छ ।
घटनास्थलमा उपस्थित मानिसहरूले प्रयोग गरेको मोबाइल नम्बरको बिटिएस (बेस ट्रान्सिभर स्टेशन) विश्लेषण गरेर गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई प्रतिवेदन बुझाएको हो । काठमाडौँ उपत्यका र उपत्यका बाहिर १५ जिल्लामा आन्दोलन भएको स्थानमा टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल र नेपाल टेलिकमको सीमकार्ड प्रयोगकर्ताहरूको बिटिएस विश्लेषण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण