अपडेट
देउवा निवास भत्काउन रोक
आइतबार, १५ चैत २०८२, ११ : ५१
१
सारांश
- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन रोक लगाइएको छ।
- जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर नयाँ संरचना बनाउन खोज्दा प्रशासनले रोक लगाएको हो।
- प्रहरीले कामदार हटाएको छ भने देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु भएको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन स्थानीय प्रशासनले रोक लगाएको छ । जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना बनाउन खोजिँदै छ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा भत्काउन रोक लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरीले भत्काउन रोक लगाएर त्यहाँ कार्यरत कामदार हटाएको छ । भदौ २४ मा प्रदर्शनकारीले आगजनी गर्दा जलेको अवस्थामा डलर र नेपाली रुपैयाँ भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबेला नै सो रकम सङ्कलन गरेर राखेको थियो । देउवा र उनकी पत्नी आरजु राणामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान थालिएको उच्च सरकारी अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण