मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

‘गैराघरे काइँली’ मा रुचाइयो तेरिया मगरको डान्स

आइतबार, १५ चैत २०८२, १२ : ४१
आइतबार, १५ चैत २०८२

सारांश

  • फिल्म 'मितज्यू' को गीतमा तेरिया मगरको नृत्य रहेको छ, जसलाई दर्शकले धेरै रुचाएका छन्।
  • गीत सार्वजनिक भएको ७ दिनमा १.१ मिलियन भन्दा बढी भিউज प्राप्त गरेको छ, जसमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।
  • फिल्ममा सौगात मल्ल, दयाहाङ राई लगायतका कलाकारको अभिनय रहेको छ र यो जेठ ८ गते रिलिज हुँदैछ।

काठमाडौँ । ‘गैराघरे काइँली’ फिल्म ‘मितज्यू’ को गीत हो । जनक घर्तीमगरको निर्माण रहेको फिल्म गीतमा डान्सर तेरिया मगर देखिएकी छन् । दर्शकले उनको डान्स रुचाएका छन् ।

युट्युबमा उनको डान्सलाई लिएर धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । कतिपयले त तेरिया बैनीको नृत्य हेरेर कहिल्यै पुग्दैन भन्दै प्रतिक्रिया दिएका छन् ।

७ दिनअघि सार्वजनिक गीतले अहिलेसम्म १.१ मिलिनियन भिउज पाउन सफल भएको छ । दर्शकले तेरियाको अलवा सौगात मल्ल, दयाहाङले गरेको गीतको नृत्यको पनि प्रशंसा गरेका छन् । गीतमा सौगात मल्ल र तेरियाले लोकलयको गीतमा गाउँले पहिरनमा नै नाचेका छन् । 

गीतमा आएको सकारात्मक प्रतिक्रियाले आफूलाई फिल्म प्रति उत्साहित बनाएको निर्माता घर्तीमगर बताउँछन् । समाचार तयार पार्दासम्म गीतलाई २४ हजारभन्दा बढीले लाइक गरेका छन् । साथै १३ सयभन्दा बढीले कमेन्ट गरेका छन् । जसमा अधिकांशले गीत र कलाकारको प्रशंसा गरेका छन् ।

श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको गीतमा शब्द र सङ्गीत गायक मल्लकै रहेको छ । गीतमा मिङ्मा डि लेप्चाको कोरियोग्राफी छ ।

अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजामगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुनमगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना रानामगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ ।

यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको सम्पादक लोकेश बज्राचार्य, छायाकार शिशिर बिशंखे हुन् । फिल्म आगामी जेठ ८ गतेबाट नेपालभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप