सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अदालत

ओली र लेखकमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो १० दिन म्याद

आइतबार, १५ चैत २०८२, १३ : ०९
आइतबार, १५ चैत २०८२

सारांश

  • प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको माग गरेको छ।
  • जिल्ला सरकारी वकिल कार्यालयले दुवै जनालाई अदालतमा १० दिन म्याद थपका लागि पेश गरेको छ।
  • न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा म्याद थपबारे सुनुवाइ भइरहेको छ र आजै निर्णय आउने सम्भावना छ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप गर्न अदालतमा माग गरेको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले  १० दिन म्याद थपका लागि दुवै जनालाई अदालतमा पेस गरिएको बताए ।

ओली र लेखकको म्याद थप बारे  जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ । ओलीलाई शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्सको माध्यमबाट अदालतमा उपस्थित गराइएको छ । 

अदालतमा पेस भएको निवेदनमाथि आज सुनुवाइ हुनेछ । दुवै पक्षका कानुन व्यवसायीको बहसपछि म्याद थप गर्ने वा नगर्ने भन्ने इजलासले निर्णय दिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप