सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण विभाग पठाइयो

आइतबार, १५ चैत २०८२, १५ : ०२
आइतबार, १५ चैत २०८२

सारांश

  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री दीपक खड्कालाई अनुसन्धानको लागि पठाएको छ।
  • खड्कालाई सीआईबीले पक्राउ गरेको थियो र उनको घरमा आगजनी भएको थियो, जसमा नोट जलेका थिए।
  • विभागले जलेका नोटको विषयमा अनुसन्धान गरिरहेको छ र उनलाई अदालत लैजानेछ।

काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ ।  केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी डा.मनोज केसीले खड्कालाई विभाग पठाएको जानकारी दिए । 

उनका अनुसार खड्कामाथिको मुद्दाको अनुसन्धान र अभियोजन गर्ने काम अव विभागले गर्छ । त्यसअघि विभागले म्याद थप्न पनि विभागले नै खड्कालाई अदालत लैजान्छ ।

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईवीले आइतबार बिहान पक्राउ गरेको थियो । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । 

आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।  

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी सङ्कलन समेत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप