‘पाँच पाण्डव’ को छायांकनको बिचमा प्रशान्त र इभाको इन्ट्री
सारांश
- चलचित्र 'पाँच पाण्डव' को छायाङ्कन झापामा भइरहेको छ, जसमा नयाँ कलाकारहरू थपिएका छन्।
- प्रशान्त ताम्राकार र टिकटकर इभा गिरी चलचित्रमा प्रवेश गरेका छन्, जसले क्यान्भास बढाएको छ।
- यो सामाजिक कथा हो, जसले महाभारतका पात्रहरूलाई समकालीन नेपाली समाजमा प्रस्तुत गर्नेछ।
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापाका विभिन्न स्थानमा धमाधम छायाङ्कन भइरहेको छ ।
२ साता अघि छायाङ्कन सुरु भएको चलचित्रमा अहिले २ नयाँ कलाकार भित्रिएका छन् । चलचित्रमा प्रशान्त ताम्राकार र टिकटकर इभा गिरी भित्रिएको निर्माण युनिटले जनाएको छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा दुई कलाकार जोडिएसँगै चलचित्रको क्यान्भास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले जानकारी दिए । गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायाङ्कन थालिएको चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले)को मुख्य अभिनय रहनेछ । यी पाँच पात्रहरूलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन् ।
चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै पौराणिक वा धार्मिक कथा नभई पूर्ण रूपमा सामाजिक कथा भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । ४० दिनको छायाङ्कन तालिका तय गरिएको यस चलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्त्वपूर्ण स्थानहरूमा खिचिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण