यामाहाद्वारा ७१.३३ किलोमिटर माइलेज दिने हाइब्रिड स्कुटरको नयाँ अभियान सार्वजनिक
सारांश
- यामाहा नेपालले 'Now I am 71.33 kmpl' अभियान सुरु गर्यो, जसले हाइब्रिड स्कुटरको माइलेजको उत्सव मनायो।
- कम्पनीका अनुसार, यस हाइब्रिड स्कुटरले ७१.३३ किलोमिटर प्रति लिटर माइलेज दिन्छ, जसले उपभोक्तालाई आर्थिक राहत दिन्छ।
- यामाहा नेपालले ५ वर्षसम्मको निःशुल्क सर्भिसिङ योजना घोषणा गर्यो, जसले ग्राहकलाई थप आकर्षित गर्नेछ।
काठमाडौँ । विश्व बजारमा इन्धनको मूल्य बढिरहेका बेला यामाहा नेपालले नेपालकै एकमात्र हाइब्रिड इन्जिनयुक्त स्कुटरलाई लक्षित गर्दै ‘Now I am 71.33 kmpl’ नामक नयाँ अभियान सुरु गरेको छ। काठमाडौँमा आयोजित कार्यक्रममा कम्पनीले रेजेडआर १२५-एफआई हाइब्रिडको सफलतालाई उत्सवको रूपमा मनाउँदै यो अभियान सार्वजनिक गरेको हो।
पेट्रोलको मूल्य वृद्धिले उपभोक्ताको बजेटमा असर पारिरहेका बेला ७१.३३ किलोमिटर प्रति लिटर माइलेज दिने यो स्कुटरले आर्थिक राहत दिने कम्पनीको दाबी छ। साधारण १२५ सीसीका स्कुटरको तुलनामा यो हाइब्रिड स्कुटरले करिब ४० प्रतिशत बढी माइलेज प्रदान गर्छ। कम्पनीका अनुसार सहरको नियमित यात्रामा यसको प्रयोग गर्दा तीन वर्षको अवधिमा इन्धन बचतबाटै करिब १ लाख रुपैयाँभन्दा बढी जोगाउन सकिन्छ।
स्मार्ट मोटर जेनेरेटर (एसएमजी) प्रविधि जडित यो स्कुटरले सुरुवाति गति र उकालोमा विद्युतीय शक्तिमार्फत थप पावर प्रदान गर्ने भएकाले माइलेजका लागि शक्तिसँग सम्झौता गर्नु पर्दैन। मात्र ९९ केजी तौल भएको यो स्कुटर काठमाडौंका साँघुरा गल्ली र ट्राफिकमा चलाउन निकै सहज मानिएको छ।
यामाहा नेपालले ग्राहकलाई थप आकर्षित गर्न २०८२ चैत १ गतेदेखि लागू हुने गरी ५ वर्षसम्मको निःशुल्क सर्भिसिङ योजना समेत घोषणा गरेको छ। यामाहा नेपालका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले यो अभियान हजारौं सन्तुष्ट चालकहरूको अनुभवको प्रतिबिम्ब भएको बताए। उनले रेकर्ड-ब्रेकिङ माइलेज र लामो अवधिको निःशुल्क मर्मत सुविधाले ग्राहकको आर्थिक चिन्ता हटाउने विश्वास व्यक्त गरे।
प्रविधि र सुरक्षामा समेत विशेष ध्यान दिइएको यो स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, साइड-स्ट्यान्ड इन्जिन कट-अफ र २१ लिटरको स्टोरेज क्षमता जस्ता सुविधाहरू छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण