१० बजे १० समाचार : तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान, ओली र लेखक ५ दिन हिरासतमै रहने
आज २०८२ चैत १५ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान, ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति, पूर्वमन्त्री दीपक खड्का पक्राउ, कांग्रेसमा समानान्तर गतिविधि, इनिशा विक हत्या प्रकरणमा अभियोगपत्र दर्ता, एमाले कार्यकर्ताद्वारा विरोध प्रदर्शन लगायत छन् ।
१. तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालिएको छ । पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालमाथि सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा अनुसन्धान अघि बढाइएको हो ।
२. ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमन्त्री रमेश लेखक अनुसन्धानको क्रममा ५ दिन हिरासतमा रहने भएका छन् । प्रहरीले आइतबार दुवैको सम्बन्धमा हिरासतमा राखेर अनुसन्धानका लागि अदालतसमक्ष म्याद माग गरेको थियो ।
३. पूर्वमन्त्री दीपक खड्का पक्राउ
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । उनलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
४. कांग्रेसमा समानान्तर गतिविधि
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखक पक्राउ परेपछि पार्टीभित्र दुई समानान्तर धार सक्रिय रूपमा प्रकट भएको छ । पार्टीको लेटर प्याडमा दुवै पक्षले फरक आशयको विज्ञप्ति निकालेपछि समानान्तर गतिविधि सतहमा प्रकट भएको हो ।
५. इनिशा विक हत्या प्रकरणमा अभियोगपत्र दर्ता
बलात्कारपछि हत्या गरिएको भनिएकी इनिशा विकको घटना सम्बन्धमा अदालतमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले आइतबार सुर्खेत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।
६. एमाले कार्यकर्ताद्वारा विरोध प्रदर्शन
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा नेकपा एमालेका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । काठमाडौँ लगायत देशका विभिन्न जिल्लामा एमाले कार्यकर्ता सडकमा उत्रिएका हुन् । एमालेले सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर ओली पक्राउको विरोधसमेत जनाएको छ ।
७. नेकपा संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन् ।
८. राजावादी आन्दोलनको एक वर्ष
गत वर्ष चैत १५ मा भएको राजावादी आन्दोलनले हिंसात्मक रूप लिएको थियो । कुनै परिणाम दिन नसकेको सो आन्दोलनले भौतिक तथा मानवीय क्षति गरायो । एक वर्ष अघि भएको सो आन्दोलनका सन्दर्भमा रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
९. सरकारको १०० बुँदे कार्ययोजनाको प्रभाव
सरकारले शासकीय सुधारका १०० बुँदे कार्ययोजना सार्वजनिक गरेसँगै यसको प्रभाव देखिन थालेको छ । कार्ययोजनाका कतिपय विषयको स्वागत भएको छ भने केहीको विरोध पनि हुन थालेको छ ।
१०. रवि लामिछानेको अभियोगपत्र फिर्ताबारेको रिट अब पूर्ण इजलासमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट निवेदन अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण