फिल्म ‘आँखा’ अमेरिकाको ‘रेमी अवार्ड’ का लागि मनोनीत
सारांश
- जौन योञ्जनको फिल्म 'आँखा' ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा रेमी अवार्डका लागि मनोनीत भएको छ।
- यसअघि फिल्मले एसिया प्यासिफिक फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको उपाधि जितेको थियो।
- फिल्मले सुकुम्वासी बस्तीका मानिसहरूको कथालाई चित्रण गरेको छ, जसमा स्मिता लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । जौन योञ्जनद्वारा निर्देशित नेपाली फिल्म ‘आँखा’ संयुक्त राज्य अमेरिकामा आयोजना हुने वर्ल्ड फेस्ट–ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलको ‘रेमी अवार्ड’ का लागि मनोनीत भएको छ । विश्वभरका फिल्म निर्माता र सिर्जनाहरूलाई एकै ठाउँमा ल्याउने यो महोत्सव आगामी अप्रिल २४ देखि मे ३, २०२६ सम्म अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा आयोजना हुँदैछ ।
यसअघि फिल्मले ६२औँ संस्करणको एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘उत्कृष्ट फिल्म’ को उपाधि जितेर ऐतिहासिक सफलता हासिल गरेको थियो । उक्त महोत्सवको सर्वोच्च सम्मान प्राप्त गर्ने यो पहिलो नेपाली फिल्म भएको छ ।
सन् १९६१ मा स्थापना भएको ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल विश्वकै सबैभन्दा पुरानो स्वतन्त्र चलचित्र महोत्सवमध्ये एक मानिन्छ । यो महोत्सव उदाउँदा चलचित्र निर्माताहरूलाई पहिचान दिलाउनका लागि प्रसिद्ध छ । स्टिभन स्पिलबर्ग, जर्ज लुकास, डेभिड लिन्च र आङ ली जस्ता दिग्गज हलिउड निर्देशकहरूले पनि आफ्नो करियरको सुरुवातमा यही महोत्सवबाट रेमी अवार्ड प्राप्त गरेका थिए ।
फिल्ममा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ । फिल्मले सुकुम्वासी बस्तीमा जीवन यापन गरिरहेका सामान्य मानिसहरूको कथा, सङ्घर्ष र यथार्थलाई गहिरो रूपमा चित्रण गरेको छ । फिल्म २०८१ असारमा नेपालमा प्रदर्शन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण