नेकपा निकट जेनजी फोर्स संयोजक तिमल्सिनासँग प्रहरीको सोधपुछ
मङ्गलबार, १७ चैत २०८२, १५ : ३१
सारांश
- प्रहरीले नेकपा निकट जेनजी रेड फोर्स संयोजक स्मृति तिमल्सिनालाई सोधपुछ गरेको छ।
- उनलाई मंगलबार भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा बोलाएर 'नाकाबन्दी'बारे सोधपुछ गरिएको थियो।
- प्रहरीले उनलाई सामान्य सोधपुछपछि रिहा गरेको र नेकपा स्रोतका अनुसार कागज गराएको छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट जेनजी रेड फोर्स संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले सोधपुछ गरेको छ ।
मंगलबार भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा बोलाएर अनुसन्धान अधिकृतहरुले सोधपुछ गरेका हुन् ।
‘नाकाबन्दी’ बारेमा तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत अनर्गल प्रचार गरेकोबारे सोधपुछ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
उनले भने, ‘सामान्य सोधपुछ पछि उहाँलाई रिहा गरेका छौं ।’
नेकपा स्रोतका अनुसार तिमल्सिनालाई प्रहरीले कागज गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण