राजनीति
अध्यक्ष ओली पक्राउविरुद्ध यस्ता छन् एमालेको आन्दोलनका कार्यक्रम
वैशाख १२ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन गर्ने
मङ्गलबार, १७ चैत २०८२, १५ : ५७
२
सारांश
- एमालेले केपी ओली र रमेश लेखकलाई पक्राउ गरेको भन्दै आन्दोलन गर्ने घोषणा गरेको छ।
- पार्टीले आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै जिल्ला, पालिका, वडा र प्रदेशमा विरोध प्रदर्शन गर्ने जनाएको छ।
- पार्टीले जनसंगठन संयन्त्रको बैठक बोलाउने र नागरिक संवादका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ।
काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ ।
मंगलबार बसेको सचिवालय बैठकले आन्दोलनलाई निरन्तरता दिँदै थप कार्यक्रम घोषणा गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय समेत गरिएको छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रम-
१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने।
२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने ।
३. वैशाख ३ गते वडा तहमा भेला गर्ने ।
४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।
५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।
- सरकारद्वारा विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, बुधबार ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने ।
- सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइयो।
- संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण