जनप्रतिनिधिले लिए दोहोरो सुविधा : फिर्ता गर्न माग
परासी– नवलपरासी पश्चिममा दोहोरो सुविधा लिने जनप्रतिनिधिहरुको व्यापक आलोचना भएको छ ।
रामग्राम नगरपालिकामा निर्वाचित दुईजना वडाअध्यक्षले सरकारबाट दोहोरो सुविधा (तलबभत्ता) लिएकोे पाइएपछि जिल्लामा आलोचना भएको हो ।
५ नम्बर प्रदेश सरकारले प्रदेश राजपत्रमा स्थानीय तहका पदाधिकारी तथा सदस्यहको सुविधा सम्बन्धी ऐन २०७५ बनाएको छ । जसमा निर्वाचित स्थानीय तहका पदाधिकारी एवं सदस्यहरुले सुविधा लिने व्यवस्था रहेपनि निवृत्तिभरणको (पेन्शन) हकमा कुनै एकमात्र सुविधा लिने व्यवस्था छ ।
तर, रामग्राम नगरपालिका वडानम्बर ३ का अध्यक्ष हरि प्रसाद उपाध्याय र ७ का अध्यक्ष शिवशंकर हरिजनले दोहोरो पारिश्रमिक सुविधा लिएको पाइएपछि आलोचना भएको हो ।
यसरी सरकारबाट दोहोरो सुविधा भोग गर्ने जनप्रतिनिधीले एक बर्षदेखि खाएको नगरपालिकाबाट पारिश्रमिक सुविधा फिर्ता गर्न नागरिकहरुले माग गरेका छन् ।
नगरका सचेत नागरिकहरुले प्रेस विज्ञप्ती जारी गर्दै दोहोरो सुविधामध्ये एक सुविधा फिर्ता गर्ने र नगरको सवारी साधनहरुको दुरुपयोग रोक्न माग गरेका छन् ।
नागरिकहरुले रामग्राम नगरपालिकाले वितरण गरेको प्रुमुख, उपप्रमुख र वडाअध्यक्षहरुको सवारीसाधन दुरुपयोग भएको आरोप ललाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण