शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधिले लिए दोहोरो सुविधा : फिर्ता गर्न माग

मङ्गलबार, १५ साउन २०७५, ११ : ००
मङ्गलबार, १५ साउन २०७५

परासी– नवलपरासी पश्चिममा दोहोरो सुविधा लिने जनप्रतिनिधिहरुको व्यापक आलोचना भएको छ । 

रामग्राम नगरपालिकामा निर्वाचित दुईजना वडाअध्यक्षले सरकारबाट दोहोरो सुविधा (तलबभत्ता) लिएकोे पाइएपछि जिल्लामा आलोचना भएको हो ।

५ नम्बर प्रदेश सरकारले प्रदेश राजपत्रमा स्थानीय तहका पदाधिकारी तथा सदस्यहको सुविधा सम्बन्धी ऐन २०७५ बनाएको छ । जसमा निर्वाचित स्थानीय तहका पदाधिकारी एवं सदस्यहरुले सुविधा लिने व्यवस्था रहेपनि निवृत्तिभरणको (पेन्शन) हकमा कुनै एकमात्र सुविधा लिने व्यवस्था छ ।

 तर, रामग्राम नगरपालिका वडानम्बर ३ का अध्यक्ष हरि प्रसाद उपाध्याय र ७ का अध्यक्ष शिवशंकर हरिजनले दोहोरो पारिश्रमिक सुविधा लिएको पाइएपछि आलोचना भएको हो ।

यसरी सरकारबाट दोहोरो सुविधा भोग गर्ने जनप्रतिनिधीले एक बर्षदेखि खाएको नगरपालिकाबाट पारिश्रमिक सुविधा फिर्ता गर्न नागरिकहरुले माग गरेका छन् । 

नगरका सचेत नागरिकहरुले प्रेस विज्ञप्ती जारी गर्दै दोहोरो सुविधामध्ये एक सुविधा फिर्ता गर्ने र नगरको सवारी साधनहरुको दुरुपयोग रोक्न माग गरेका छन् । 

नागरिकहरुले रामग्राम नगरपालिकाले वितरण गरेको प्रुमुख, उपप्रमुख र वडाअध्यक्षहरुको सवारीसाधन दुरुपयोग भएको आरोप ललाएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप