ऐतिहासिक रुख ढलेपछि...
गुल्मी – गुल्मीको सदरमुकाममा रहेका दुईवटा लाकुरीका रुखमध्ये एउटा ढलेको छ भने अर्को ढलाइएको छ ।
पञ्चायत विरुद्धको आन्दोलनका क्रममा तत्कालिन सरकारले नेपाली काङ्ग्रेसका शम्शेरबहादुर खत्रीको हत्या गरेर लाकुरीमञ्मा प्रदर्शन गरिएको थियो । खत्री हालका धुर्कोट गाउँपालिका उपप्रमुख शिबबहादुर खत्रीका पिता हुन् ।
पञ्चायत विरोधी आन्दोलनका क्रममा आफ्नो घर धुर्कोट रजस्थल हुँदै अमरपुर पुगेका खत्रीलाई २०१८ सालमा सदरमुकामबाट तत्कालिन हवल्दार रेलबहादुर थापा मगरको नेतृत्वको प्रहरीले हत्या गरेर तम्घास ल्याएको थियो ।
तत्कालिन बडाहाकिम चन्द्रमान थाकालीको निर्देशनमा शहिद शम्शेरबहादुर थकालीको टाउको र टुप्पी समातेर लाकुरीमञ्चमा भेला गरिएका मानिसहरुलाई देखाउदै पञ्चायतविरुद्ध आवाज उठाउनेहरुको हालत त्यस्तै बनाउने भन्दै प्रर्दशन गरिएको थियो ।
गुल्मीमा हुने कुनैपनि राजनैतिक दलले आन्दोलनको उद्घोष गर्नुपरे लाकुरीमञ्चलाई नै रोज्ने गरेका छन् । उक्त रुखलाई गुल्मीको ईतिहासका रुपमा लिइदै आएको छ ।
सरकारी कार्यालयले गर्ने कार्यक्रम पनि त्यहीबाटै गरिदै आएको छ ।
उक्त रुख ढलेर शोभा हराएको भन्दै नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टी सचिव विष्णुकुमारी सापकोटाले फेसबुक मार्फत पीडाबोध गरेकी छन् । उनले आफ्नो स्टाटसमा लेखेकी छन्–‘राणाशासन, पञ्चायती व्यवस्था, प्रजातन्त्र र लोकतन्त्रसम्मको आन्दोलमा आवाज बुलन्द गर्ने सुन्दर थलो उजाड भएको छ ।’
उता, लाकुरीमञ्चलाई रेसुङ्गा नगरपालिका वडानम्वर ८ का वडाध्यक्ष भरत भलामीले ऐतिहासिक मञ्चमा एउटा सुन्दरपार्क निर्माण गर्ने बचन दिएका छन् ।
केहि दिनअघि लाकुरीमञ्चको एउटा रुख आफै ढले पछि अर्को रुखको पनि जरा सडेर जोखिम हुन सक्ने भन्दै हालै ढलाईएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण