भोलिदेखि रसुवागढी नाका बन्द हुने
काठमाडौँ । नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक रसुवागढी नाका १५ दिन बन्द हुने भएको छ । यो नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड स्तरोन्नति गर्नका लागि बुधबारदेखि १५ दिन बन्द हुने भएको हो ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका अनुसार सडकका १० वटा अप्ठ्यारा ठाउँमा रिटेनिङ वाल लगाउन र सडकलाई दुई लेनमा विस्तार गर्न यातायात बन्द गर्न लागिएको हो ।
आयोजनाका अनुसार आगामी ३ महिनासम्म प्रत्येक अंग्रेजी महिनाको १ देखि १५ तारिखसम्म सडक बन्द गरिनेछ । जसअनुसार यो पटक बुधबारदेखि २ वैशाखसम्म सडक बन्द रहनेछ । गत असार २४ गते चीनतर्फबाट आएको बाढीका कारण क्षतिग्रस्त बनेको यो खण्ड अहिले निकै साँघुरो र जोखिमपूर्ण छ ।
चीन सरकारको साढे ६ अर्ब रुपैयाँ अनुदानमा चिनियाँ कम्पनी ‘सिचाङ थियान्लु’ले यो १५.५ किलोमिटर सडकको स्तरोन्नति गर्ने जिम्मा पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण