विमानभित्र मोजाको दुर्गन्धले यात्रु विरामी भएपछि आकस्मिक अवतरण
न्यूयोर्कबाट फोर्ट लाउडेर्डेल जाँदै गरेको स्पिरिट एयरलाइन्सको फ्लाइटभित्र फोहोर मोजाजस्तो दुर्गन्ध फैलिएका कारण साउथ क्यारोलिनामा डाइभर्ट गरेर आकस्मिक अवतरण गर्नुपरेको बताइएको छ ।
स्पिरिट एयरलाइन्सको फ्लाइट ७७९ ले गत बिहिबार स्थानीय समयानुसार बेलुका ८ बजेर २५ मिनेटमा उडान भरेको थियो । तर विमानभित्र फैलिएको दुर्गन्धका कारण यात्रुहरु बिरामी पर्न थालेपछि विमानलाई १० बजे नै मर्टल बीचतर्फ मोडिएको थियो ।
एनबीसी न्यूयोर्क रिपोर्टका अनुसार दुई सय २८ यात्रु भएको उक्त विमान मर्टल बीचमा अवतरण भएपछि सबै यात्रुलाई बाहिर निकालेर यसको कारण थाहा पाउन अनुसन्धान गरियो ।
यात्रु स्टेफन कोस्टेलोका अनुसार विमानभित्रका केही बालबालिकाले बान्ता गरेका थिए भने एक महिला अचेत भएकी थिइन् ।
‘गन्ध अति नै खराब थियो यसको कारण के हो भन्ने थाहा छैन,’ कोस्टेलोले भने ।
गन्ध यति कडा थियो कि मर्टल बीच फायर रेस्क्यू हज्मात समूहले यसबारे अनुसन्धानसमेत गरेको छ ।
मर्टल बीच फायर रेस्क्यूका प्रवक्ता जोनाथन इभान्सका अनुसार १० जनाले स्वास्थ्य खराब भएको बताएका थिए जसमध्ये केहीको स्थानीय अस्पतालमा उपचारसमेत गरियो ।
अन्य एक यात्रुले उक्त गन्ध धुँवाको बताएका छन् ।
यद्यपी, गन्धको कारणबारे भने पत्ता लाग्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण