एमाले संसदीय दलको बैठक आज
बुधबार, १८ चैत २०८२, ०६ : ५५
सारांश
- नेकपा एमालेको संसदीय दलको बैठक आज च्यासलमा बिहान ११ बजे बस्दै छ।
- बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने सम्भावना रहेको छ।
- एमालेले ओली र लेखक पक्राउको विरोधमा राजनीतिक र कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको थियो।
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने सम्भावना रहेको पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालले बताए ।
मंगलबार एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको थियो । संसदबाट पनि पार्टीले ओली पक्राउको विरोध गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण