कांग्रेस अनुशासन समितिको बैठक आज
बुधबार, १८ चैत २०८२, ०८ : ५८
सारांश
- नेपाली कांग्रेसको अनुशासन समितिको बैठक आज बस्ने भएको छ।
- बैठकमा निर्वाचनमा भएका अन्तर्घात र पार्टीमा देखिएका विवादबारे छलफल हुनेछ।
- बैठक पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा दिउँसो १ बजे बस्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज दिउँसो १ बजेका लागि अनुशासन समिति बैठक बोलाइएको जानकारी दिए ।
‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक २०८२ चैत्र १८ गते बुधबार दिनको १ः ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ,’ दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा निर्वाचनमा भएका अन्तर्घात र पार्टीमा देखिएका यावत विवादका विषयमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण