चलचित्रमा गीत ‘प्राण’ हो : गीतकार अधिकारी
सारांश
- वरिष्ठ गीतकार आनन्द अधिकारीले गीतलाई चलचित्रको प्राणको रूपमा व्याख्या गरे।
- चलचित्रमा गीतको भूमिका र गीतकारको हक अधिकारबारे कार्यशालामा छलफल भयो, जहाँ गीतको महत्त्वबारे चर्चा गरियो।
- सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्षले गीतकारको अनुमति बिना गीत प्रयोग गर्न नपाइने बताए।
काठमाडौँ । वरिष्ठ गीतकार आनन्द अधिकारीले गीतलाई चलचित्रको ‘प्राण’का रूपमा व्याख्या गरेका छन् । ‘चलचित्रको कथालाई शरीर मान्ने हो भने गीत त्यसको प्राण हो’, उनले भने ‘गीतले दृश्यले व्यक्त गर्न नसक्ने मानवीय संवेदना र भावनाहरूलाई दर्शकको मनसम्म पुर्याउने काम गर्छ ।’ प्रविधिको विकाससँगै गीतको स्थान बिग्रँदो रहेको उनको भनाई रहेको थियो ।
गीतकार सङ्घ नेपाल र चलचित्र विकास बोर्डको आयोजनामा ‘चलचित्रमा गीतको भूमिका तथा गीतकारको हक अधिकार सम्बन्धी कार्यशाला’ चलचित्रमा गीतको महत्त्व, यसको ऐतिहासिक पक्ष र गीतकारहरूको प्रतिलिपि अधिकारका विषयमा घनीभूत छलफल भयो ।
कार्यक्रममा सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारीले गीतकार नै पहिलो स्रष्टा, प्रस्तोता र उत्पादक भएको जिकिर गरे । उनले भने, ‘गीतकारको अनुमतिबिना गीतको रिमेक वा सार्वजनिक प्रयोग गर्न पाइँदैन । गीतको सम्पूर्ण बौद्धिक सम्पत्ति गीतकारमा रहने विश्वव्यापी नियम छ ।’ चलचित्रमा गीत प्रयोग गर्दा निर्मातालाई प्रकाशकका रूपमा लिइए पनि गीतको स्वामित्व गीतकारमै रहने र चलचित्रका गीतले पनि अनिवार्य रूपमा रोयल्टी तिर्नुपर्ने उनले स्पष्ट पारे ।
गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले चलचित्र उद्योगमा गीतलाई केवल ‘प्रमोसन’ को माध्यमका रूपमा मात्र नहेरी गीतकारहरूको योगदान, रोयल्टी र प्रतिलिपि अधिकारलाई संवेदनशील भएर हेरिनुपर्ने बताए । उनले यो कार्यशाला गीतको इतिहास र महत्त्वबारे चेतना जगाउन लक्षित रहेको जानकारी दिए ।
वरिष्ठ गायिका मीरा राणाले गीतबिनाको चलचित्र कमजोर हुने बताउँदै आफूले साङ्गीतिक यात्राको सुरुवात नै चलचित्रबाट गरेको स्मरण गरिन् । त्यस्तै, वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङले चलचित्रमा गीतकारहरूलाई उचित पारिश्रमिक र सम्झौताका सवालमा अझै पनि उपेक्षा गरिएको अनुभव सुनाए ।
पूर्व मन्त्री एवं वरिष्ठ गीतकार एसपी कोइरालाले गीतकार सङ्घले स्रष्टाहरूको हकहितका लागि गरिरहेको कार्यको प्रशंसा गर्दै यस्ता कार्यक्रमले गीतकारको पहिचान र अधिकार स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले गीतको महत्त्व चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अश्लील भिडियो देखाएर ब्ल्याकमेल गर्ने र सम्बन्ध टुटेपछि चरित्र हत्या गर्ने पक्राउ
-
वर्षाका कारण सम्भावित जोखिम : बीपी राजमार्गमा तत्कालका लागि सवारी साधन ‘होल्ड’
-
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
-
जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
-
काठमाडौँका सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण