वर्षाका कारण सम्भावित जोखिम : बीपी राजमार्गमा तत्कालका लागि सवारी साधन ‘होल्ड’
सारांश
- काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको छ ।
- सम्भावित जोखिमलाई मध्यनजर गरी रोशी खोला क्षेत्रमा पानी परिरहेकाले नदीमा बहाव बढ्न सक्ने र राजमार्गमा जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाइएको छ ।
- सडक मार्गमा थप कुनै अवरोध नभएको अवस्थामा आवश्यक जाँचबुझ गरी चाँडै अर्को सूचनामार्फत बाटो सुचारु भएको जानकारी गराइनेछ ।
काठमाडौँ । काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको (होल्ड गरिएको) छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सोमबार दिउँसो १२ः ३३ बजे एक सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन ‘होल्ड’ गरिएको जनाएको हो । रोशी खोला क्षेत्रमा पानी परिरहेकाले नदीमा बहाव बढ्न सक्ने र राजमार्गमा जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाइएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सडक मार्गमा थप कुनै अवरोध नभएको अवस्थामा आवश्यक जाँचबुझ गरी चाँडै अर्को सूचनामार्फत बाटो सुचारु भएको जानकारी गराइनेछ ।
यात्रामा निस्किनुअघि सडकको अवस्था र थप जानकारी बुझ्नका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले यात्रुहरूलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
-
खाद्य र ऊर्जा सङ्कटको जोखिम : आपूर्ति प्रणाली सुदृढ बनाउन योजना आयोगको जोड
-
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
-
राष्ट्रिय गौरवका आयोजना घटाउन आयोगको प्रस्ताव : कुन आयोजनाको प्रगति कति?
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण