इमेलमा अश्लील म्यासेज पठाई महिलालाई दु:ख दिने व्यक्ति पक्राउ
सारांश
- इमेलमा अश्लील म्यासेज पठाई महिलालाई दुःख दिने सुरेन्द्र प्रसाद खनाल पक्राउ परेका छन्।
- पीडित महिलाले दिएको निवेदनका आधारमा साइबर ब्युरोको टोलीले प्राविधिक विश्लेषणपछि खनाललाई पक्राउ गरेको हो।
- पक्राउ परेका खनालमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।
काठमाडौँ । पीडित महिलाको इमेलमा बारम्बार अश्लील तथा अपमानजनक म्यासेज पठाई दुःख हैरानी र मानसिक तनाव दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला, तारकेश्वर गाउँपालिका वडा नम्बर ०५ स्थायी घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कपन बस्ने ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल रहेका छन्।
आफूलाई दुःख हैरानी र मानसिक तनाव दिएको भन्दै पीडित महिलाले दिएको निवेदनका आधारमा साइबर ब्युरोले अनुसन्धान सुरु गरेको थियो। ब्युरोको टोलीले प्राविधिक विश्लेषण र अनुसन्धान गर्ने क्रममा खनालको संलग्नता पुष्टि भएपछि उनलाई असार २६ गते काठमाडौँ महानगरपालिका–२७ बाट पक्राउ गरेको हो।
पक्राउ परेका खनालमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
-
प्रख्यात अभिनेता साम निलको निधन
-
स्वर्णिम वाग्लेको भूमिकालाई लिएर बालेन असन्तुष्ट, यी मन्त्रीको कार्यसम्पादनमा रविको प्रश्न
-
यस्तो खाद्य पर्दाथले क्यान्सरको जोखिम घटाउन सक्छ
-
राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाएर १० वटामा सीमित गर्न योजना आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण