बचत फिर्ताका लागि सहकारी पीडितसँग मन्त्री रावलले सुरु गरिन् संवाद
सारांश
- मन्त्री प्रतिभा रावलले सहकारी ठगीका पीडितहरूसँग प्रत्यक्ष छलफल सुरु गरेकी छिन्।
- सरकारले १०० दिनभित्र साना सहकारी बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने लक्ष्य लिएको छ।
- पीडित बचतकर्ता अभियान राष्ट्रिय महासंघका प्रतिनिधिहरुले मन्त्रीलाई समस्याबारे जानकारी गराए।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी संस्थाबाट ठगिएका पीडितहरूसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले आगामी सय दिनभित्र साना सहकारी बचतकर्ताहरूको डुबेको रकम फिर्ता गराउने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई कार्यान्वयनमा ल्याउन र पीडितका वास्तविक समस्या सुन्न मन्त्री रावलले संवादको थालनी गरेको जनाइएको छ ।
मन्त्रालयमा आयोजित छलफलमा ‘पीडित बचतकर्ता अभियान राष्ट्रिय महासङ्घ’ का प्रतिनिधिहरूको सहभागिता रहेको थियो । छलफलका क्रममा महासङ्घका प्रतिनिधिहरूले सहकारी सञ्चालकहरूबाट भएको ठगी, न्याय प्राप्तिका लागि आफूहरूले गरिरहेको सङ्घर्ष र रकम फिर्ताको सुनिश्चितताका विषयमा मन्त्री रावलको ध्यानाकर्षण गराएका थिए।
जवाफमा मन्त्री रावलले सहकारी समस्या समाधान गर्न सरकार गम्भीर रूपमा लागिपरेको बताएकी छन् । उनले साना बचतकर्ताको पसिनाको कमाइ जसरी पनि फिर्ता गराउने सरकारको सय दिने कार्ययोजना सफल बनाउन मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको जानकारी बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण