मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ तयार गर्ने भएको छ । यसका लागि प्राधिकरणको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यदल गठन भई कायम थालिएको हो ।
प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ तयार गर्न कार्यदल गठन गरेर काम थालिएका जानकारी दिइन् । कार्यदलमा विपद् सम्बद्ध सङ्घीय मन्त्रालय, विभाग तथा प्राधिकरणका साथै तीनवटै सुरक्षा निकायका प्रतिनिधि सहभागी छन् ।
सम्भावित मनसुनजन्य विपद्को प्रभावकारी सामना गर्दै धनजनको क्षति न्यूनीकरण गर्न सङ्घ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, साझेदार संस्थालगायत विपद्सँग सम्बन्धित सरोकारवाला सबै निकायलाई पूर्वतयारी तथा प्रतिकार्यमा योजनाबद्ध ढङ्गले लाग्नका लागि कार्ययोजना बन्न लागेको हो ।
उक्त कार्ययोजना निर्माणका एक सदस्य प्राधिकरणका उपसचिव रामकुमार केसीले सबै प्रतिनिधिसलाई आवश्यक सुझाव दिनका लागि एक हप्ताको समय दिइएको जानकारी दिँदै यसपाली समयमै कर्यायोजना निर्माण हुने बताए ।
उनले कार्ययोजनामा केके विषय समेट्नुपर्छ भन्नेसम्मको सुझाव प्राप्त भएपछि अर्काे हप्ता कार्यदलको बैठक बस्ने तय भएको पनि उनले बताए । गृहमन्त्री सुदन गुरुङले प्राधिकरणमा हालै आयोजित कार्यक्रममा समयमै प्रतिकार्य योजना निर्माण गरी विपद् व्यवस्थापनमा चुस्त निर्माण गर्न निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण