प्रतिपक्षलाई रविको सुझाव : हामीमाथि २४ सै घण्टा निगरानी राख्नुहोला
बिहीबार, १९ चैत २०८२, १५ : १०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिपक्षी दलहरूलाई आफूहरूमाथि चौबिसै घण्टा निगरानी राख्न सुझाव दिएका छन्।
- उनले जनताले दिएको विशाल बहुमतको इतिहास गुमेमा आफूहरू कलङ्कित हुने बताएका छन्।
- लामिछानेले आफूहरू प्रश्न सोधेर आएकाले अहिले ठाउँ फेरिए पनि ती प्रश्नहरूप्रतिको नैतिक जिम्मेवारी कायमै रहेको बताएका छन्।
काठमाडौँ । सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार (आफूहरू) माथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दलहरूलाई सुझाव दिएका छन् ।
बिहीबार सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले प्रतिपक्षलाई यस्तो सुझाव दिएका हुन् ।
‘प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला,’ सांसद लामिछानेको भनाइ छ । उनले जनताले रास्वपालाई दिएको विशाल बहुमतको इतिहास गुमेमा आफूहरू फेरि कलङ्कित हुने बताए ।
‘हामीलाई त्यो मन्जुर छैन । रास्वपाका साथीहरूलाई म यो सम्झाउँछु, हामी प्रश्न सोधेर आएका हौँ । अहिले बस्ने ठाउँ फेरियो होला । आज पनि ती प्रश्नप्रति हाम्रो नैतिक जिम्मेवारी उति नै छ’, पार्टीका सांसदहरूलाई रविले स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण